
नयाँ बर्षमा वण्डरल्याण्ड पार्कले कार्यक्रम आयोजना गर्दै
नेपालगंज-अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा वण्डरल्याण्ड वाटर एण्ड फन पार्कले कार्यक्रम आयोजना गरेको छ नयाँ बर्षको पुर्व सन्ध्यामा पार्कले बिशेषत कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
पार्कले आयोजना गर्न लागेको शनिवार साझको कार्यक्रममा डिजे पार्टी,गायन,ब्याण्ड,गेमिंग कार्यक्रम, सांस्कृतिक नृत्य संगै बिशेष खाना परिकारको स्वादहरु लिन सकिने पार्कका बिष्णु उपाध्यायले बताउनु भयो ।
आयोजना गर्न लागिएको कार्यक्रममा एकल टिकेट दर ६०० र दुई जनाको १००० रुपिया रहेको छ भने सो रकममा एउटा बियर वा क्यान रेडबुल उपलब्ध गराइने उपाध्यायले बताउनु भयो ।
कार्यक्रम को उद्घोषकको रुपमा चर्चित उद्घोषक प्रेरणा गिरी र रबि बस्नेत रहेका छन् ।
लोकप्रिय समाचार