Logo

अध्यक्ष शाह तथा प्रदेशसभा सदस्य नमूनाद्वारा नरैनापुरमा नयाँ विद्यालय भवनको शिलान्यास

Samachar Rekhanews २० पुष २०७९, बुधबार १६:०८ मा प्रकाशित

२० पौष, नेपालगञ्ज । नरैनापुर गाउँपालिका वडा नम्बर १ महतिनियामा सञ्चालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले शिलान्यास गरेका छन् ।
प्रदेश सभा सदस्य नमुनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् ।
अध्यक्ष शाहले शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधारहरु निर्माणमा गाउँपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने जिकिर गरे । नरैनापुरलाई पर्यटकीय स्थल बनाउने गरी गाउँपालिकाले काम गरिरहेको उनको भनाइ थियो ।
प्रदेश सरकार र पालिकाबाट गरी जम्मा ३ करोड लागतमा निर्माण सुरु भएको भवन १८ महिना भित्रै निमार्ण सम्पन्न गर्न गाउँपालिका अध्यक्ष शाहले निर्देशन दिए ।
नरैनापुर गाउँपालिका वडा नम्बर १ मा सञ्चालित उक्त बिद्यालयको हाल पठनपाठन भईरहेको भवन जिर्ण अवस्थामा रहेकोले प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको समपूरक अनुदानबाट ८ कोठे भवन र शौचालय बन्न लागेको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए । शिलान्यास कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा सदस्य रियाज खाँ, योजना शाखा प्रमुख प्रकाश अधिकारी, इन्जिनियर प्रबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई एक÷एकथान पोशाक वितरण गरिएको थियो । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारु लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?