Logo

अनाबियाको दोषीलाई खोजी अनुसन्धानको माँग गर्दै विरोध र्‍याली ।

Samachar Rekhanews १५ भाद्र २०७८, मंगलवार ००:४६ मा प्रकाशित

नेपालगन्ज, भादौं १४
अढाई वर्षीया बालिका अनाबिया राईको दोषीलाई खोजी अनुसन्धान गरि कडा कारवाहीको माँग गर्दै सोमबार नेपालगन्जमा स्थानीयबासीले शान्तिपुर्ण विरोध र्‍याली निकाल्नुको साथै अनाबिया राईलाई श्राद्धाण्जली समेत अर्पण गरेका छन !

भादौं ७ गते नेपालगन्ज उपमहानगरपालिका–११ निवासी इमरान राइकी छोरी अनाबिया राईलाई सदरलाइन स्थित बाबा लस्सी अगाडीको सडकमा मोटरसाइकलले ठक्कर दिँदा अनाबिया राईको घटनास्थल मै मृत्यु भएको थियोे । ठक्कर दिने मोटरसाइकलको अहिले सम्म प्रहरीले पहचान गर्न सकेको छैन ।

घटनास्थल नजिकै रहेको नेपालगन्ज नगरको मुटु मानिने त्रिभुवन चौक जहाँ अपराधिक गतिविधि माथि निगरानी गर्न सिसिटिभी क्यामरा लगाएको छ । दुर्भाग्यपूर्ण भन्नु पर्दा सिसिटिभी क्यामरा जडान त गर्यो तर जडान गरिएको सिसि टिभी क्यामरा (अपांग) अर्थात विग्रीएको अवस्थामा छ । जसका कारण दोषीलाई पहिचान गर्न समस्या भएको हो ।

एक हप्ता बितिसक्दा पनि प्रहरीले दोषीलाई समात्न नसक्दा बालिकाको न्यायको माँग गर्दै सोमबार विरोध र्‍याली निज निवास पासाङ ल्हामु मार्गबाट शुरु भई बिपि चौक हुँदै त्रिभुवन चौक पुगि कोणसभामा परिणत भई अनाबिया राईको सम्झनामा कैन्डिल बालेर हार्दिक श्राद्धाण्जली अर्पण गरि कार्यक्रम समापन भएको थियो ।

समापन कार्यक्रममा स्थानीयबासीहरूले दोषीलाई छिटो भन्दा छिटो पहचान गरि कानुनी कार्वाही गरि बालिकालाई इन्साफको माग गर्दै स्थानीय प्रशासन, प्रदेश सरकार र मानव अधिकारलाई पनि घटनाको अनुसन्धान गर्न समेत आग्रह गरिएको छ ।

नगरको शान्ति सुरक्षा कायम गर्न तत्कालिन उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ठाउँ – ठाउँमा सिसि टिभी क्यामरा जडान गरेको थियो । नगरका ५६ ठाउँमा सिसि टिभी क्यामेरा जडान गरे त पनि हाल २२ वटा क्यामरा चालू अवस्थामा रहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्का बताउँछन् । बाँकी ३४ वटा नगरमा जडानरहित सिसि टिभी क्यामरा (राम) भरोसे रहेका छन

घटनाबारे प्रहरीसंग बुझ्दा “घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्का बताउँछन्” ! उनी भन्छन्–‘घटना भएकैदिन देखि म निरन्तर खटिरहेको छु, प्रहरी अनुसन्धानमै छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?