Logo

अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड हो ः उपमेयर राई

Samachar Rekhanews ९ बैशाख २०८१, आईतवार १७:१२ मा प्रकाशित

बाँके बैशाख ९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा समितिले प्रकाशन गरेको कक्षा ८ को वार्षिक नतिजाको विषयमा विवाद सिर्जना भएको छ । शिक्षा समितिले उत्तीर्ण प्रतिशत बढाएर नतिजा प्रकाशन गरेकोसमितिका सदस्य समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले आरोप लगाए ।
शिक्षा समिति र महाशाखाले गरिव विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताए । शिक्षा समितिको सिफारिसमा महाशाखाले ३० चैत, २०८० मा सामुदायिक विद्यालयतर्फ ३९ प्रतिशत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा प्रकाशन गरेको थियो ।
तर, उपमेयर राई त्यसमा सहमत छैनन् । उनले सामुदायिक विद्यालयतर्फ ८ कक्षामा १९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएको दावी गर्छन् । ‘सामुदायिक विद्यालयमा गरिवका छोराछोरी पढ्छन् । उत्तीर्ण नभएका विद्यार्थीलाई उत्तीर्ण गर्नु गरिवका छोराछोरीको भविष्यमाथि खेलवाड गर्नु हो,’ उपमेयर राईले भने ।
उनले विद्यालय, शिक्षा महाशाखा र शिक्षा समितिले लाज ढाक्न उत्तीर्ण प्रतिशत बढाएको बताए । ‘जुन–जुन विद्यार्थी उत्तीर्ण भएका छन् उनीहरुलाई मात्र उत्तीर्ण गर्न पर्यो । आफ्नो लाज ढाक्न अनुत्तिर्ण विद्यार्थीलाई उत्तीर्ण गर्न भएन नी,’ उनले भने, ‘शिक्षा महाशाखाले प्रकाशन गरेको नतिजा सरासर गलत छ । यो सच्याउनु पर्छ ।’
उनले नतिजा नसच्याए त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले शिक्षा महाशाखाका प्रमुखले राजिनामा दिनुपर्ने बताए । ‘शिक्षा शाखामा आवश्यकताभन्दा धेरै कर्मचारी भए पनि नतिजा राम्रो नआउनुले शिक्षा महाशाखाको गम्भिर त्रुटी छ । नैतिकताको हिसावले उहाँले राजिनामा दिनु पर्छ,’ उपमेयर राईले भने, ‘गत वर्ष पनि यस्तै त्रुटी भएको थियो । सामुदायिक विद्यालयतर्फ २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा बढाएर ७० प्रतिशत पुर्याइएको थियो । हरेक वर्ष गरिव विद्यार्थीको शिक्षामाथि खेलवाड हुँदै आएको छ ।’
शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा उपमेयर राईको भनाईमा सहमत छैनन् । उनले शिक्षा समितिको सिफारिस अनुसार परीक्षाफल प्रकाशन गरिएको बताए । शिक्षा समितिले गरेको निर्णय अनुसार परीक्षाफल प्रकाशन गरिएको हो । यसमा शिक्षा महाशाखाको कुनै दोष छैन,’ उनले भने, ‘१९ प्रतिशतलाई ३९ प्रतिशत पुर्याएको भनाईमा कुनै सत्यता छैन । नतिजा प्रकाशनमा शिक्षा महाशाखाको कुनै हात छैन । हामीले समितिको निर्णयलाई कार्यान्वयनमात्र गरेका हौँ ।’
उनका अनुसार सामुदायिक विद्यालयतर्फ ३९ र संस्थागत विद्यालयतर्फ ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । नेपालगन्जमा ८ कक्षामा कुल ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए । ‘शिक्षा महाशाखाको समन्वय गर्ने भूमिका बाहेक केहि हुँदैन,’ उनले भने, ‘कर्मचारीलाई दोष लगाउनु राम्रो होइन ।’


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?