
सरला सुवेदी बाँके । किसानलाई थोरै भएपनी राहत मिलोस भनेर कोहलपुर नगर कृषि शाखाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई अनुदानमा कृषि सामाग्रीहरु बितरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले कृषक , कृषि फर्म , कृषि समुहलाई कृषि सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । कोहलपुर नगर कृषि बिकास शाखाको आर्थिक बर्ष २०७९ /८० को बार्षिक स्वीकृत संघिय शसर्त बजेट तर्फको तरकारी पकेट धान पकेट तथा शाखाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यान्त्रिकरणमा सहयोग र ५० प्रतिशत अनुदानमा साना सिचाई , धारा , मोटर ,पम्पसेट तथा पाईप कार्यक्रम अन्तरगत पावरटिलर ,मिनिटिलर , क्याविल पम्पसेट ,पम्पसेट मोटर डेलिभरि पाईट , गार्डेन पाईप लगायतका सामाग्रीहरु वितरण गरेको हो ।
साना सिचाई कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा ३० ओटा पम्पसेट ,३५ ओटा रोड डेलिभरि पाईप , ३० ओटा सेक्सन पाईप , १० ओटा गार्डेन पाईप र कोहलपुर नगर कृषि शाखाको बार्षिक कार्यक्रम अनर्तगत ६ ओटा पावर टिलर ,७ ओटा मिनि टिलर बितरण गरिएको नगर कृषि शाखाका यज्ञ बहादुर रोकायले बताएका छन्
कृषि सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले ब्यबसायिक कृषि खेतीमा लागेका कृषकहरुलाई यस्ता खाले सामाग्रीहरुले सहयोग पुर्याउने भएकाले पालिकाले सामाग्रीहरु हस्तान्तरण गरेको बताए । साथै प्रबिधिको उपभोग पछि उत्पादनमा बृद्धि हुने कुरामा बिश्वास गरे । कोहलपुर नगर भित्र रहेका ब्यबसायिक रुपमा खेती किसानी गरिरहेका कृषकहरुलाई छनोट गरेर मात्र प्रबिधिहरु वितरण गर्नुपर्छ भन्ने निर्देशनका आधारमा नै नगर कृषि शाखाले कृषक र कृषि फर्महरु छनोट गरेको बताए । प्रबिधि हस्तान्त्ररण पछि कृषकको उत्पादनको अबस्था रह्यो भन्ने बारेमा समेत नगरले अनुगमन गर्ने र आगामी आर्थिक बर्षका लागि बिभिन्न निति तथा कार्यक्रमहरु कृषकका मागका आधारमा तय गरिने बताए र कोहलपुर नगरपालिका भित्रका कृषि पकेट क्षेत्र छुट्याएर त्यस क्षेत्रमा कृषिको बिकासको लागि पालिकाले विशेष खालको कृषि अनि कृषकसङ्ग प्रत्येक्ष जोडिएर उनिहरुलाई नै लाभ हुने कार्यक्रम बनाउने बताए।
यस्तै कृषि सामाग्री हस्तान्तरण गर्दै बिशिष्ट अतिथि कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले उत्पादनलाई जोड दिनुपर्छ भनेर कृषिलाई पनि प्राथमिकतामा राखेको बताईन् । साथै कृषिमा उत्पादन बृद्धि गर्नका लागि कृषि प्रबिधिले सहयोग गर्ने बताईन् । कृषिमा आधुनिकरण गर्नका लागि उत्पादनमा जोड दिएको बताईन् । साथै कृषिमा केही गर्न चाहाने युवाहरुलाई नगरपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरिन् । उनले कृषि व्यवसायमा लागिरहेका महिलाहरु र कृषिमा लाग्न महिलाहरूलाई प्रेरीत गर्न लक्षित समूह कृषि कार्यक्रम संचालनमा ल्याइने बताईन।