Logo

अर्घाखाँची वडा ९ को स्वास्थ चौकीमा सितामोल छैन एम्बुलेन्स छ बाटो छैन पोल छ बत्ती छैन

Samachar Rekhanews ९ माघ २०७८, आईतवार १५:३९ मा प्रकाशित

(सागर थापा)
दाङ । अर्घाखाँचीको सास्कृतिक,प्राकृतिक तथा भौगोलिक हिसाबले निकै रमाइलो र सारै सुन्दर नगरपालिकामा गनिन्छ।
सितगङ्गा नगरपालिका प्रवेश गर्ने यो मुख्य द्वार हो अर्को भाषामा भन्दा मुख्य मार्गको हबिगत र हालत हेर्ने हो भने बिजोग सारै दर्द्नाथ र अस्तब्यस्थ छ । यहि अस्तब्यस्थ सडकको कारण दिनहुुँ भिबिन्न सवारीसाधनहरु दुर्घटना हुनुको साथै यात्रुहरु सारै कठिन पुर्ण र सारै जोखिम पुर्ण यात्रा गर्नु परेको स्थानीय तथा बाहिरी यात्रीको गुणासो छ। रिपोर्टिङको क्रममा पत्रकार समेत ठुलो दुर्घटना हुनबाट जोगिएका पनि छ्न।
यति मात्र होइन सितगङ्गा वडा न:९ मा मान्छेको दैनिक जनजीवन सङ्ग जोडिने विभिन्न समस्याहरु यथावत नै छन्। सबैको हातमा मोबाईल छ । मोबाइलमा तर टावर छैन कसैलाई अतिआव्श्यक कल गर्नु पर्यो भने माथी डाढामा गएर रुख चढनु पर्छ। अनि बल्ल बल्ल अलि अलि काम गर्छ टावरले।
बिमारी पर्दा एम्बुलेन्स छ तर गतिलो बाटो छैन एम्बुलेन्स चढ्यो भने हस्पिटल पुगिन्छ कि पुगिन्न भनेर दश पटक सोच्नु पर्ने बाध्यता छ। बत्तीको पोल छ तर बत्ती छैन सोलारले काम चलाउनुपर्छ ।
वडामा स्वस्थ्य चौकी छ तर सितामोल छैन हेर्दा सामान्य देखियता पनि यो समस्या गम्भीर हो । वडा बासीहरुको अनुसार जनप्रतिनिधि वडा ९ का अध्यक्षले आफ्नो ५ बर्ष कार्यकाल सकिन लाग्दा सम्म बिकासको कामलाई बेवास्ता गरेको गम्भीर आरोप लगाएका छ्न । अब यस्तो गम्भीर समस्या समाधान गर्ने जिम्मेवारी कस्को हो त ?
यस विषयमा सितगङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भिम केसीले आफुले जनप्रतिनिधि भए पछी बिकास निर्माणको काम जिरोबाट सुरु गरेको र वडामा केही अधुरो काम हरु बाँकि रहेकोमा आफू चिन्तित भएको तत्काल बाटो निर्माणको कामलाई अगाडि बढाउने प्रतिबद्ता व्यक्त गरेका छ्न।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?