Logo

अर्थ मन्त्रालयले गर्यो स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा

Samachar Rekhanews ११ जेष्ठ २०७८, मंगलवार १३:१९ मा प्रकाशित

जेठ ११ गते ।
सरकारले स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा गरेको छ । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न रकम निकासा भएको हो ।

अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पीसीआर मेसिन खरिद लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेकाे हो । त्रिवि शिक्षण अस्पतालका लागि ८० लाख, सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौताराका लागि ७५ लाख, जिल्ला अस्पताल दैलेखमा ७५ लाख, जिल्ला अस्पताल धनकुटामा ७५ लाख, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरका लागि ७५ लाख, जिल्ला अस्पताल इलाममा ७५ लाख रुपैयाँ निकासा भएकाे हाे।

यस्तै जिल्ला अस्पताल सङ्खुवासभामा ८० लाख, रामेछाप अस्पतालमा ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिममा ७५ लाख, टिकापुर अस्पताल कैलालीमा ७५ लाख, ओखलढुङ्गा अस्पतालमा २५ लाख र तनहुँको व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ निकासा भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?