Logo

अवधी पत्रकार संघका सहसचिव शाहीको निधन

Samachar Rekhanews १ जेष्ठ २०७८, शनिबार १२:३३ मा प्रकाशित

नेपालगन्ज, १ जेष्ठ –
अवधी पत्रकार संघ नेपालले आफ्नो एक कुशल नेतृत्वकर्ता गुमाएको छ । कोरोनाका कारण संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको शनिबार मृत्यु भएको छ ।
लामो समयदेखि संचार संस्थामा आवद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ७ वर्षीया छोरी र ४ वर्षको एक छोरा रहेका छन् । संघ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ । बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्राले एक योद्धा गुमाएको साथै शाहीको निधनको खबरले संघ स्तब्ध भएको जनाउनु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो । यो संगै बाँके जिल्लाको मृत्यु हुने संख्या २३१ पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?