Logo

अवैध भन्सार छलिको पित्तलको गिलास वडा प्रहरी कार्यालय,द्वारा बरामद

Samachar Rekhanews २२ पुष २०८०, आईतवार २२:२८ मा प्रकाशित

२२ पौष, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको करिब एक लाख मूल्य बराबरको सामान (पित्तलको गिलास) बरामद गरेको छ ।
आइतवार करिब ११ः४० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ३ गौसिया मस्जिद रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा रहेको दुई सय वटा करिब एक लाख मूल्य बराबरको पित्तलको गिलास वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
थप कारवाहीका लागि बरामद गरिएको पित्तलको गिलास नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय, प्रमुख हरि बहादुर बिसीले दिनुभयो


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?