Logo

अस्थायी ट्राफिक प्रहरि पोष्ट फुल्टेक्रामा नयाँ इन्चार्ज गिरि आएदेखि ट्राफिक सक्रियता बढेको

Samachar Rekhanews ८ चैत्र २०८०, बिहीबार १६:११ मा प्रकाशित

बाँके । अस्थायी ट्राफिक प्रहरि पोष्ट फुलटेक्रामा नयाँ इन्चार्ज असाई सन्तोष गिरि आएदेखि ट्राफिक सक्रियता बढेको छ।

जस्तै स्थानीयको सहयोगबाट ट्राफिक जनचेतनामुलक बोर्ड राख्ने काम गरिरहेता पनि धेरै जसो मानिसहरु ट्राफिक नियम सम्बन्धि अनभिज्ञ भएको हुनाले दैनिक ट्राफिक जनचेतनामुलक कार्यक्रम गरि ट्राफिक नियम सम्बन्धि जानकारि चोक चोक अनि स्कुलहरु समेतमा दिने कार्य भई रहेको छ।त्यसरि नै ओभरलोड माल बोक्ने ट्र्याक्टर र टिप्परलाई नियन्त्रणमा लिई ओभरलोड माल झार्ने गरेको बाटोमा पानी चुहाउदै आएका टिप्पर र टेक्टरलाई होल्ड गर्ने गरेको त्यसरि नै बारम्बार ओभरलोड माल बोक्ने सवारी साधनलाई होल्ड गरि जि.प्र.का.पठाइएको छ।

पछिल्लो समय बाँकेमा ट्राफिक सचेतना अनि दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा चेकिङ लागाएत ट्राफिक जनचेतनामूलक कार्यक्रम भैइरहेको छ।

यस्तै फुल्टेक्रा ट्राफिक ईन्चार्ज सन्तोष गिरिले कमान्ड सम्हालेदेखि अवैध तरिकाले चल्ने गाडि ,टिप्पर, ट्रयाक्टर तथा बिचौलियाहरुको टाउको दुखाई भएको छ । तर अबैध कारोवार रोकिएको बताउनु भएको छ।

गिरिका अनुसार काम गर्ने दौरानमा बिभिन्न समस्याहरु पनि आउने गरेका छन र त्यस्ता समस्याहरुलाई स्थानिय भद्रभलाद्मि मानिसहरुको सहयोगबाट निर्मुल गर्ने गरेको बताउनु भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?