Logo

आज देखि नेपालगन्ज को श्री महाकाली मन्दिरमा राम कथा सम्पन्न

Samachar Rekhanews २७ पुष २०७८, मंगलवार २०:४७ मा प्रकाशित

अताउल मुस्तफा कादरी
श्री महाकाली मन्दिर वडा नं.८ मा चलि रहेको श्री राम कथा मंगलबार सम्पन्न भएको छ । श्री राम कथा २० गते देखि शुरु भएको श्री राम कथाले आर्दश व्यक्ति बन्नका लागि सिप सिकाउने । आमा,बुवाले आफना छोरा छोरीहरुलाई आफना आमा बुवा संग राम्रो व्यवहार गर्नु,छोराले आफना आमा,बुवा,दाजु,दिदि,आफु भन्दा ठुलोलाई सम्मान गर्ने र सासु,सासुराले बुहारी संग राम्रो व्यवहार गर्नु ।आर्दश व्यक्ति बन्न र बनाउनका लागि पर्बचन भएको थियो । राम कथाले आ आफना कर्तव्यलाई स्वेम आफु कसरी पुरा गर्नु वाचनको उद्देश्य रहेको थियो ।यो पर्वचन पौष २० गते देखि सुरु भएको २६ गते सम्पन्न भएको छ भने समय दिउसो ३ बजे देखि साझा ६ बजे सम्म पर्वचन भईरहेको थियो भने २६ गते मंगलवार ६ हजार भन्दा बढीको पर्साद,भण्डारामा सहभागी रहेको थियो राम कथाले आ आफना कर्तव्य लाई आफुले पुरा गर्ने सन्देश दिन्छ त्यही उद्देश्यका साथ श्रीराम कथा आयोजना गरिएको थियो ।

आयोजाक कसौधन वैश्य समाज मूल कार्य समिति बाँके, युवा मञ्च ,महिला मञ्च तथा हलचल फाउण्डेशन रहेको थियो भने निवेदक नन्दलाल वैश्य अध्यक्ष कसौंधन वैश्य समाज बाँके नेपालगञ्ज रहेको छ ।२० गते देखि चलेको श्रीराम कथा आज २६ गते मंगलबार सम्पन्न भएको कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनु भयो


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?