Logo

आज राती १२ बजेदेखि ३० गते बैशाख बेलुका ५ बजेसम्म नेपालगन्ज नाका पूर्णरुपमा बन्द

Samachar Rekhanews २८ बैशाख २०७९, बुधबार ०१:२१ मा प्रकाशित

बाँके बैशाख २७ गते ।
नेपाल–भारत सीमानाका आज मध्यरातबाट बन्द हुने भएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द हुन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले नेपाल–भारत नाका ३० बैशाख बेलुकी ५ बजेपछि संचालनमा आउने बताए ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए ।

उनले २७ बैशाख मध्यरात १२ बजेदेखि ३० बैशाख राती १२ बजेसम्म सीमानाका बन्द हुने जानकारी दिए । यस अवधिमा कुनै पनि सवारी साधन संचालन हुन नपाउने बताउँदै उनले सर्वसाधारणलाई आउजाउमा समेत रोक लगाइएको बताए । ‘एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन संचालन गर्न नपाउने गरि ७२ घण्टाका लागि नेपाल–भारत सीमानाका बन्द हुने छ,’ उनले भने ।

यसैवीच, स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाकामा कडाई गरिएको छ । निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?