Logo

आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै

Samachar Rekhanews २८ बैशाख २०७९, बुधबार १३:२९ मा प्रकाशित

नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।
आज बुधबार र भोलि बिहीबार आयोगले मतदाता परिचय पत्र वितरण गर्ने भएको हो ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।
आयोगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?