Logo

आयुर्वेद उपचारमा बढ्दो मोह।

Samachar Rekhanews २३ असार २०८०, शनिबार १७:०६ मा प्रकाशित

सरला सुवेदी बाँके । बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा मानिसहरुको आकर्षण बढ्दै गएको छ। कोहलपुर नगरपालिका -११ मा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीकाे संख्या बढ्दै जान थालेकाे हाे । जिल्लाका विभिन्न पालिकाबाट   दैनिक २० देखि ३० जना  उपचारका लागि  बिरामीहरु आउने गरेका छन् ।

कोहलपुर ११ का रमेश प्रसाद श्रेष्ठ   नसा सम्बन्धि राेगबाट पीडित हुनुहुन्छ । दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछि  नेपाल मात्र नभैइ लखनउका विभिन्न अस्पतालसम्म पुग्नुभयाे । जति उपचार गर्दापनि सन्चाे नभएपछि प्राकृतिक पद्धतिबाट उपचार थालेपछिआफू निको भएको बताउनुहुन्छ।  बाहिर औषधालयमा नि:शुल्क सेवा पाउँदा आफु जस्ता धेरै विपन्न नागरिकलाई राहत मिलेकाे उहाँकाे भनाइ छ ।

मुगुकी माेतिसरा विश्वकर्मालाई पनि  हातखुट्टा दुख्ने समस्या छ । उपचारका लागि तराई झर्नु भएकी उहाँ आयुर्वेद अस्पतालको सेवाबाट सन्तुष्ट हुनुहुन्छ ।
यस्तै ग्याष्टिककाे  समस्या भाेगिरहेका काेहलपुर-८का गोबर्धन केसीले  अस्पतालले प्रदान गर्ने सेवा  जेष्ठ नागरिक मैत्री भएकाे बताउनु भयाे । घरमै सेवा पाउँदा आफूलाई निकै सहज भएकाे बताउनु भएकाे छ ।
कोहलपुरमा रहेकाे आयुर्वेद औषधालय जिल्लाकाे एकमात्र सरकारी अस्पताल हाे । नगरपालिकाकाे स्वामित्वमा रहेकाेले अस्पतालले विभिन्न शिविर,घरदैलाे सेवा प्रदान गर्दै आएकाे छ ।पछिल्लाे समय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूकाे चाप बढेको बताउनु हुन्छ,कोहलपुर आयुर्वेद औषधालयका शाखा प्रमुख उदिप श्रेष्ठ  ।
उहाँले अस्पतालमा आयुर्वेद सेवालिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगिहरु आउने  गरेको बताउनु भएको छ।रुघाखोकी , नसा, पायल्स फिस्टुलाका रोगिहरु बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निशुल्क पाइने  ओपिडी सेवा , बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपाई सेवा कार्यक्रम , जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम त्यस अन्तर्गत  रसायन औषधी  इमिन्युटी पावर बढाउने  कार्यक्रम , अनि बाथको समस्या भएकाहरुको लागि  पन्चकोष कार्यक्रम अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ  हातखुट्टा दुख्ने , नसासम्बन्धी समस्या भएका बाथरोगिहरुको लागि दुई प्रकारको सेवा दिईरहेको बताउनु भयो ।
कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरुमा  स्वास्थ शिविर सङ्गसङ्गै योग शिविर संचालन गर्दै आएको छ ।
शिबिर सन्चालन अनि कोरोनाको कहर सुरु भएदेखी बिरामिहरु खोज्दै खोज्दै यहाँसम्म  आउनेको चाप बढेको छ।

आयुर्वेद  औषधालयमा उपचार गराएका बिरामीहरू सन्तुष्ट छन् । जनशक्ति अभावका कारण उपचार गर्न समस्या छ । अस्पतालकाे   सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिन जरूरी छ ।

आयुर्वेद उपचारमा बढ्दो मोह।

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?