Logo

इदको नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा।

Samachar Rekhanews २० बैशाख २०७९, मंगलवार १७:१७ मा प्रकाशित

बाँके बैशाख २० गते ।
जनता समाजवादी पार्टी र गठबन्धनको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले इस्लाम धर्मालम्बिहरुको पवित्र चाड इदको सबैलाई शुभकामना दिनुभएको छ ।

इदको नमाज पढ्न वीपी चोकस्थित इदगाहमा पुग्नुभएका उहाँले नमाज पढिसकेपछि सबैसँग अंकमाल गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको हो ।

नेपालगन्ज वहु सांस्कृतिक, वहुधार्मिक र वहुआयामिक सहर भएकाले यसलाई धार्मिक र सामाजिक सद्भावको नमुना शहर बनाउन सकिने राईले बताउनुभयो ।

इदगाहमा सामुहिक नमाज पढिसकेपछि उपप्रमुख पदका उम्मेदवार राई नगरमा रहेका अन्य मस्जिद र घरहरुमा पुगेर सबैलाई शुभकामना दिनुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?