
बाँके जिल्लामा संचालनमा रहेका ई-रिक्सा चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तत्वावधानमा नेपाल ई-रिक्सा व्यावस्थापन प्रा.लि.बाँकेको समन्वयमा १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ . प्रशिक्षण कार्यक्रम नेपालगंज उप-महानगर पालिका वडा नं.१० स्थित ई-रिक्सा व्यबस्थापन प्रा.लि.को हलमा संचालन प्रशिक्षण कार्यक्रममा ई-रिक्सा चालकहरुलाई ट्राफिक नियम,दुर्घटना हुने कारणहरु,लेन अनुसाशन,ई-रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले । प्रशिक्षण बाट चालकहरुलाई ट्राफिक नियम र सवारी चलाउदा ध्यान दिनुपर्ने विषयमा जानकारी पाएको प्रशिक्षणबाट ट्राफिक नियम र लेन सम्बन्धी जानकारी भएको ई-रिक्सा चालकहरुले बताएका छन । ई-रिक्सा व्यवस्थापन प्रf.लि.का अध्यक्ष कुमार सिंह ठकुरीले ई-रिक्सा चालकहरुलाई ट्राफिक नियम,लेन अनुशासन र दुर्घटना हुने कारणहरु सम्बन्धी जानकारी हासिल गरेको र हाल सम्म ४३५ जना ई-रिक्सा चालकहरु प्रशिक्षण कार्यक्रममा सहभागि भैसकेको बताएका छन ।