Logo

उत्साहपुर्ण तरिकाले तक्षशिला एकेडमीको खेलकुद सप्ताह सम्पन्न ।

Samachar Rekhanews ६ मंसिर २०७९, मंगलवार १९:२४ मा प्रकाशित

कार्तिक ६,२०७९ मङ्गलबार
कोहलपुर । बाँकेको कोहलपुरमा संचालित तक्षशिला एकेडमीले आफ्नो बिद्यालयमा सप्ताह ब्यापि खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्तिक २७ गतेदेखि सुरुवात गरेका बिभिन्न बिधाका खेलहरु मंशिर २ गते सम्पन्न भएको थियो।

खेलकुदमा नर्सरी देखि कक्षा १० सम्मका बाल बालिकाहरुले सहभागिता रहेको बिद्यालयले जनाएको छ ।मंगलबार आज आयोजित एक कार्यक्रमका बिचमा फिल्डका खेल लगाएत अन्य खेलमा सर्बोउत्कृष्ट हुने करीब ५ दर्जन बालबालिकालाई बिद्यालयका अध्यक्ष बिष्णु बेल्बासेले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित पुरष्कृत गरेका हुन् ।

स्वास्थ्यका लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित उक्त खेलकुद कार्यक्रमलाई पनि पढाई जत्तीकै महत्वपुर्ण पाटोको रुपमा लिएको बिद्यालयका कार्यबहाक प्रधानाध्यापक पुरुषोत्तम शर्माले बताएका छन् । उनले खेलकुदले बिद्यार्थिहरुमा उर्जा थप्नुको साथै शारीरिक र मानसिक रुपमा चुस्त दुरुस्त राख्न सहयोग पुर्याउने गरेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?