Logo

उपभोक्ता ठगी गर्ने नेपालगञ्जका १ हजार ४ सय ७९ व्यापारीलाई कारबाही

Samachar Rekhanews १७ श्रावण २०८०, बुधबार १६:०६ मा प्रकाशित

नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने नेपालगञ्जका एक हजार ४ सय ७९ व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ ।

विभागले आर्थिक वर्ष २०७९/८० को बार्षिक विवरण सार्वजनिक गदै अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने नेपालगञ्जका एक हजार ४ सय ७९ व्यापारीलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेको बताउदै त्यसको निगरानी विभागले गरेको बताउनुभयो । महानिर्देशक मिश्रले बजारमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको बताउनुभयो ।

विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।

उपभोक्ता ठगी गर्ने नेपालगञ्जका १ हजार ४ सय ७९ व्यापारीलाई कारबाही

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?