Logo

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

Samachar Rekhanews ११ असार २०७८, शुक्रबार ०९:४७ मा प्रकाशित

काठमाडौं असार ११ गते ।
उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए । यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ’ए’ को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?