
नेपालगन्ज, ३ पाैष – एकता शिक्षा समाज कल्याण संस्थाबाँकेको आयोजना गरेको वडा स्तरीय क्रिकेट प्रतियोगिता तयारी पूरा भएकाे जानकारी गराउँदै भाेलि पाैष ४ गते आइबार बिहान ९ बजेदेखि शुभारम्भ हुने भएको छ ।
प्रतियोगिता जानकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सकिल अहमद राईले जनाईएको छ ।
आयोजकका अनुसार प्रतियोगितमा जानकी २ नं वडाबाट खेलाडीहरूकाे सहभागिता हुनुका साथै खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।
जानकी २ बनकटवामा हुने प्रतियोगिता वडा भित्र खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको जनाईएकाे छ ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक संघले जनाएको छ
लोकप्रिय समाचार