Logo

एनटिसी र एनसेलले ईदको धुन बजाएकोमा मुस्लिम समुदायमा हर्ष

Samachar Rekhanews २९ चैत्र २०८०, बिहीबार ००:०७ मा प्रकाशित

चैत्र २९
नागरिक आधिकार मंच बाँके जिल्ला अध्यक्ष समीर अलिले इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद (इद–उल–फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वीहरु लगायत सम्पूर्ण नेपाली समाजलाई शुभकामना व्यक्त गरेका छन ।

शुभकामना सन्देश दिदै अलिले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताए ।

बहुधार्मिक र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानले गरेको छ ।

यस्तै मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको पावन अवसरमा Ntc र Ncell मा ईद धुन बजाईएकोमा नेपाल सरकार, Ntc, Ncell र धुन बजाउन पहल गर्ने अबुल हुसेन अन्सारी लगायत सबैमा हार्दिक धन्यवाद समेत अध्यक्ष अलिले ब्यक्त गरे ।
भोलि नेपालगन्ज बिपि चौक स्थित ईदगाहमा ‘इदउलफित्र’को नमाज पछि भाईचाराको सन्देश दिदै विभिन्न धर्मवलम्बीका अगुवाहरु उपस्थित भई एक अर्कालाई अङ्कमाल गरेर बधाई तथा खुसयाली साटासाट गर्ने छन ।

ईदको दिन मुस्लिम समुदाय आफ्ना इस्टमित्र सङै सेवई, फुल्की, जर्दा,बिर्यानी लगायत विभिन्न परिकार खाने गर्दछन् ।

रमजान महिना उर्दु पात्रोको अनुसार नवौँ महिना हो
। यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् । साथै नेपाल हज कमिटी का सदस्य हाजी मो सलीम हल्वाई ( बाबू ) ले नेपाल टेलीकम तथा एनसेलले इदको शुभकामनाको धुन राखेको प्रति आभार व्यक्त गर्दे।

नेपाल सरकारले ईदको दिन सार्वजनिक बिदा दिएको प्रति खुसी व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?