Logo

एबीसी स्कूलमा क्षयरोग सम्बन्धि अभिमुखीकरण गोष्ठी

Samachar Rekhanews १९ जेष्ठ २०८०, शुक्रबार २०:१२ मा प्रकाशित

१९ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर स्थित रहेको एविसी रेजिडेन्सी सेकण्डरी स्कूलका कक्षा १० का विद्यार्थीहरुका लागि नेपाल क्षयरोग निवारण संस्था, बाँके जिल्ला शाखाले शुक्रवार विद्यार्थीहरुका लागि अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीको पहिलो चरणमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका पूर्व अध्यक्ष पूर्णलाल चुकेले नेपालकै दोस्रो जेठो सामाजिक संस्थाको रुपमा २०११ सालमा दर्ता भएको उक्त संस्थाको केन्द्रीय कार्यालय र बाँके जिल्ला शाखाको परिचय, ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दै क्रियाकलापहरुको बारेमा आफ्नो प्रस्तुती गरेका थिए ।
उनका अनुसार नेपालमा क्षयरोग सम्बन्धि उपचार गर्ने एक मात्र अस्पताल कालीमाटीमा छ र जसको सञ्चालन नेपाल क्षयरोग निवारण संस्थाले गरिरहेको छ । कालीमाटी स्थित संस्थाको आफ्नै भवनमा क्षयरोग र छातीसंग सम्बन्धित चेष्ट अस्पताल सञ्चालन गरिरहेको हो । अस्पतालमा संस्थाको आन्तरिक स्रोत र नेपाल सरकारको एकदमै न्यून सहयोग रहेको छ ।
त्यसैगरि २०३२ सालमा बाँके जिल्लामा स्थापना गरिएको उक्त संस्थाको शाखाले क्षयरोग सम्बन्धि विभिन्न किसिमका प्रतिकारात्मक, उपचारात्मक सेवा उपलब्ध गराउँदै क्षयरोग विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि चुकेले आफ्नो प्रस्तुतिको क्रममा उल्लेख गरे ।
गोष्ठीको दोस्रो चरणमा संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोगको परिचय, लक्षण, रोग लाग्न नदिने उपाय, रोग लागे पछि यसबाट बच्ने उपायहरुका बारेमा विस्तृत चर्चा गरेका थिए ।
उनले पहिलेको समयमा क्षयरोगलाई महामरी रोगको रुपमा लिइन्थ्यो, रोग लागेपछि परिवार र समाजबाट टाढा राख्ने गरिन्थ्यो । तर अब विज्ञानका चमत्कारसंगै नियमित औषधि सेवन गरेमा रोग सदाका लागि निको हुन सकिने पनि शाक्यले बताए ।
शाक्यका अनुसार एक सातासम्म लगातार खोकी लागे, साँझ पख लगातार ज्वरो आउने, छाती दुख्ने, थकाई लाग्ने जस्ता लक्षण देखिएमा क्षयरोग हो भन्ने थाहा पाउनु पर्दछ । बाँके शाखाले आफ्नै भवनबाट निःशुल्क ल्याव सेवा, औषधी वितरण गर्दै आएको छ ।
शाखाका सभापति बदरुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा उक्त विद्यालयका ३६ जना छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका सहसचिव रचना श्रेष्ठ, सदस्यहरु सुन्दरलाल शाक्य, सुश्री ज्ञानु श्रेष्ठ, जनकराम भण्डारी, पवन जायसवाल तथा विद्यालयका संस्थापक राजु ज्ञवाली, शिक्षिकहरुमा ज्योति वैश्य, विन्दू शर्मा, गिरिश चन्द्र वर्मा लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?