Logo

एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार मिश्रले ईदको शुभकामना दिदै

Samachar Rekhanews २० बैशाख २०७९, मंगलवार १७:४८ मा प्रकाशित

नेपालगञ्ज : मुस्लिम समुदायहरुको महान पर्व इदमा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गरेका छन् ।

वीपीचौक स्थित इदगाहमा पुगेर समुस्लिम समुदायको महान पर्व इद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गरेका हुन् ।

सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए ।

मिश्रले नेपालगञ्जको बिकासको यात्रामा नेपालगञ्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गरे ।

उनले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?