Logo

एमाले उम्मेदवारको शिरमा ११६ बर्षिय बसदैया आमाको हात बसदैया भन्छिन् मंसिर ४ मा सुर्यमै छाप।

Samachar Rekhanews २९ कार्तिक २०७९, मंगलवार १८:०३ मा प्रकाशित

सरला सुबेदी
कोहलपुर। खटियामा पल्टिरहेकी बुढी आमाको झिनो आसा अझै मनमा छ कसैले मेरो लागि अनि हामी जस्ताको लागि अझै केही गर्छ कि भन्ने आखिर मानव मन न त हो भन्छन नि सास रहुन्जेल आस हुनु पर्छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको दौडानमा कोहलपुर १५ चन्नहवाको घरदैलो अभियानमा भेटिएकि एक शताब्दी कटिसकेकी ११६ बर्षकी वृद्ध आमा बसदैया थारुले एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा( ख ) का उम्मेदवार दुर्गा प्रसाद चौधरी लगायत समानुपातिकका उम्मेदवार बसन्ती अधिकारी र निर्मला सुनारलाई उनको घरदैलो मा पुग्दा बसदैया थारुले सकि नसकी खटियाबाट उठेर आशिर्वाद दिदै भनिन “चुनाव जित्नु हाम्रो लागि अझै राम्रो गर्नु जसले ११६ बर्ष मात्र होइन २०० बर्ष जिउने चाहना जागोस उनको मनमा छुट्टै उत्साह थियो उनी राम्रो सङ्ग बोल्न सकेकी थिइनन सकिनसकी भन्दै थिइन “ भोट त म सुर्य मै हाल्ने हो यो उत्साह र खुसी बसदैया आमाको मात्र होइन हाम्रो देशमा रहनुभएका सम्पुर्ण आमाबुहाहरुको हो। उनी बृद्द भत्ता पाएको मा खुसी छिन भने बृद्दभत्ता लिन जादा बिहान ८ बजे गएर राती आठ बजे आउन परेको दुखेसो समेत पोख्छिन।

मतदाताको घरदैलोमा पुग्दा मतदाताको समस्या नोट गरेर राख्ने एमाले उम्मेदवार ढकाल र चौधरीले वृद्धभत्ता लिन हैरानी खेप्नुपर्ने समस्याको समाधान गर्न आफूहरु लागिपर्ने बताए । जनताको मनदैलो सम्म पुग्न सकेकोमा एमाले उम्मेदवारहरुले आफुमा थप हौसला थपिएको र आफूहरु सर्वहारा बर्गको न्यायको लागि पहिले पनि निरन्तर लागिरहेको र अबका दिनमा पनि बसदैया थारु जस्ता हजारौ वृद्ध आमाहरुको दुखको सारथि बन्ने र आफुले जनताको घरदैलो हुँदै मतदाताको मनको दैलोमा पुगेको र अबका दिनमा उहाहरुको हितकै लागि गरेका प्रतिबद्धता जुन सुकै हालातमा पूरा गर्ने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?