Logo

एमाले सिम्ताकाे चुनावी सभामा उर्लियाे जनसागर

Samachar Rekhanews २५ बैशाख २०७९, आईतवार २१:४६ मा प्रकाशित

दुर्गा विसि/बैशाख,२५
सुर्खेतको सबै भन्दा अति संवेदनशील क्षेत्रका रुपमा मानिएको सिम्ता गाउँपालिकामा स्थानीय तहकाे चुनाव निकै पेचिलाे वनेकाे छ ।एमाले फुटकाे डिलमा पुगे पनि अन्त्वतागता एक ढिक्का हुन पुग्याे ।पार्टी फुटकाे सामान्य वाछ्चिटा रहेको भए पनि त्यो काेटा अन्य प्रवेशिबाट पूरा भएको नेताहरुकाे दावि छ

।प्रचारप्रसार प्रसारकै क्रममै फाट्टफुट्ट समान्य घटना समेत घटि सकेको सिम्तामा सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ ।अाज सिम्ताकाे गाेजिवजारमा भएको एमालेको चुनावी सभालाई एमाले कर्णालीका नेता एमलाल कंडेल,धुर्व शाहि,ठम्मर विष्ट,डण्डि शर्मा,कविन्द्र कुमार केसि,टेकेन्द्र वस्नेत र सिम्ता गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेदवार ऎन चन्द लगाएतका थुप्रै नेताहरुले सभालाई सम्वाेधन गरेका थिए ।

वडाका सबै वडा अध्यक्षका उम्मेदवार सदस्य पदका उम्मेदवार पार्टी शुभचिन्तक तथा सिम्तालिहरुकाे उल्लेख्य उपस्थिति रहेको थियोे ।सिम्ता गाउँपालिकामा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र समाजवादीकाे ३ दलिय गठबन्धन छ भने उक्त गठबन्धनलाई एमालेले सिंगल च्यालेन्ज दिएको छ ।एमालेले सिम्तामा पुन विरासत कायम राख्ने दावि गरिरहेको छ ।अघिल्लो सरकारका महत्त्वपूर्ण याेजनालाइ निरन्तरता दिदै थप नया रणनीतिक याेजनाका साथ चुनावी ऎजेण्डा वाेकेर चुनावी मैदानमा एमाले एकलै ३ दलका विरुद्ध चुनावमा हाेमिएको छ

।जित नजिक पुगेको समेत सभामा नेताहरले दावि गरे ।फेरि सिम्तालिले एमालेलाई नै खाेजेकाे राेजाइमा पारेको जनाए ।विकासकाे हिसाबले निकै फट्काे मारेको सिम्ता फेरि पनि एमालेकै सरकार दाेहर्याउन चाहेका वताउछन् ।उल्लेख्य मासका विच उम्मेदवारहरु हौसिएका छन् ।वहुमत सहित सिम्तामा पुनः एमाले अाउनेमा अड्कल वाचि सुरु हुन थालिएको छ ।साेहि मन्चबाट नेताहरुले जित नजिक पुगेको घाेषणा गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?