Logo

एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए पत्रकार महासंघलाई एघार हजार

Samachar Rekhanews १९ जेष्ठ २०७८, बुधबार १८:०२ मा प्रकाशित

बाँके जेठ १९ गते ।
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उहाँले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशॉप एंड ट्रेडर्सका संचालक समेत रहनुभएका अन्सारी नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो ।

पत्रकार महासंघका शभचिन्तक अनसारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँले उद्योगी व्यवसायीको हकअधिकारका लागि भरपूर्ण आवाज उठाउने गरेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?