Logo

एसएसवीको समन्वयमा दुव्र्यसनी विरुद्धको दिवस मनाइयो

Samachar Rekhanews १२ असार २०७८, शनिबार १४:२८ मा प्रकाशित

बाँके असार १२ गते ।
लागु औषध विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा आज सचेतिकरण र्‍याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।

हिंजो नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा आज भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको हो ।

रुपैडिया ग्राहम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागु औषध समस्या दुवै देशको साझा समस्या भएकाले यसको रोकथाम, नियन्त्रण र निदानमा दुवै देशबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुव्र्यसनि विरुद्ध एक हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, इलाका प्रहरी कार्यालय जमुनाहका असइ पृथ्वीबहादुर बुढा, रुपैडिया थानाका उप-निरीक्षक सुरेश सिंह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल बिओपी जमुनाहका इन्चार्ज जीवन लाल बुढाले जानकारी दिनुभयो ।

लागु औषध रहित परिवारः स्वस्थ जीवनको आधार भन्ने नाराका साथ यसपालिको लागु औषध विरुद्धको दिवस मनाइदै छ । लागु औषध सेवनले मानिसको शारिरीक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरु बताउँदै आएका छन् । यसको लतले व्यक्तिको शारिरीक क्षतीमात्र होइन् परिवारलाई उजाडिएका घटना समाजमा व्याप्त रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?