Logo

ओमान जाने नेपाली क्रिकेट टोलीको भर्चुअल माध्यमद्वारा बिदाई क्वालिफायर भएर फर्कन मन्त्री अथकको शुभकामना

Samachar Rekhanews २५ माघ २०७८, मंगलवार २१:२१ मा प्रकाशित

काठमाण्डौं
ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकपग्लोबल क्वालिफायरमा सहभागिताजनाउनओमानजानलागेको नेपालीटोलीलाई बिदाई गरीएको हो ।
मंगलबार भर्चुअल माध्यमद्वारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गर्नुभएको हो । कोरोना संक्रमण जोखिमकाकारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्वारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलकालागि नेपाली टोली मंगलबार राति ओमान प्रस्थान गरेको छ ।
ग्लोबल छनोटकालागि नेपालसहितआयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्महुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मायुएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)काअध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिनुभयो । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले विश्व कपकालागि ग्लोबल छनोटभएर आउन शुभकामना दिनुभयो । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री अथकले यस पटक विश्व कपकालागि नेपाली टोली छनौट हुनेमाआफु विश्वस्त रहेको बताउनुभयो । नेपाली वीरता सम्झिएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।
राज्यले खेल पुर्वाधार निर्माणकालागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगितगर्दै मन्त्रीअथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बिगतमा देखिएका कमि कमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । साथै खेलाडीहरुलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिनुभयो ।
बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदकाउपाध्यक्षशिवकोईरालालगाएतको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?