Logo

कक्षा ८ को परीक्षा बाँकेको खजुरा गाउँपालिका ५ का वडाध्यक्ष दिँदै

Samachar Rekhanews १२ चैत्र २०७९, आईतवार २०:२६ मा प्रकाशित

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष गरिबे शेषले कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका छन् । ४४ वर्षीय वडाअध्यक्ष शेषले खजुराको आर्दश मावि केन्द्रबाट परीक्षा दिएका हुन् ।माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफू परीक्षा दिन थालेको बताए ।

ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका अध्यक्ष शेषले घरमा शिक्षक राखेर ८ कक्षाको पाठ्यक्रम पढेका थिए । ‘मैले जीवनमा पढाइको महत्त्व धेरै बुझेपछि अगाडि पढ्ने सोच बनाएको हुँ,’ अध्यक्ष शेषले भने, ‘सानो हुँदा पढ्न पाइएन । घर परिवारमा वातावरण मिलेन, अब पढाइलाई निरन्तरता दिनेछु ।’साभार कान्तिपुर


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?