Logo

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर, ६७८ को स्वास्थ्य परीक्षण

Samachar Rekhanews १ चैत्र २०७८, मंगलवार २३:४६ मा प्रकाशित

समाचारदाता
नेपालगञ्ज, चैत १ । बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६७८ जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो ।
स्वास्थ्य परिक्षण गराएका ६७८ जना मध्ये जटिल किसिमका रोग भएका १८४ जनाको भिडियो एक्सरे, नर्मल एक्सरे, ईसिजी र विभिन्न रगत परीक्षण गरिएको उहाँले बताउनुभयो ।
प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्सरे, ईसिजी लगायतका सुविधाहरुसहित आयोजना गरिएको सो निशुल्क स्वास्थ्य शिविर दुर्गम मानिने गाउँमै आएर सञ्चालन गरिएकोमा स्थानीयले आभार व्यक्त गरेका थिए ।
सो शिविरमा नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ वरिष्ठ चिकित्सकहरु हाडजोर्नी विशेषज्ञ डा. आधार बेल्वासे, सर्जरी विशेषज्ञ डा. दिवस थापा, छाला तथा यौनरोग विशेषज्ञ डा. सविन कँडेल, रेडियोलोजि विशेषज्ञ डा. त्रिदेव चौरसिया, स्त्रीरोग विशेषज्ञ डा. कविता सिन्हा, नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेल, मेडिसिन विशेषज्ञ फिजिसियन डा.शिशिर रेग्मी र बालरोग विशेषज्ञ डा. राजेश केसीले विरामीको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
सो शिविरमा विशेषज्ञ चिकित्सकहरुसहित फार्मेसीको टोली र ठुलो संख्यामा अन्य स्वास्थ्य सहायकहरुको पनि सहभागिता रहेको थियो ।
शिविरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष राजेन्द्र चौधरी, उपाध्यक्ष पन्चम गुरुंग, नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी अब्दुल हुसेन खाँलगायत लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरका स्वास्थ्यकर्मी र कर्मचारीले सहजीकरण गर्नु भएको थियो ।
अझै धेरै जना छुटेकाले बुधवार पनि सो शिविर जारी रहने बाँके युनेस्को क्लबले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?