Logo

कपिलवस्तु समाजद्वारा नव वर्षको अवसरमा शुभकामना आदान प्रदान

Samachar Rekhanews २६ चैत्र २०७८, शनिबार २२:१९ मा प्रकाशित

काठमाण्डौ
कपिलवस्तुको मानिस राजधानीमा बसोबास गर्ने कपिलवस्तुबासीहरुको सबै भन्दा पुरानो समाजिक संस्था कपिलवस्तु समाजले आज काठमाडौमा नया वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा बि.स. २०६० साल देखि निरन्तर रुपमा प्रकाशन गर्दै आएको वार्षिक भित्तेपात्रोको विमोचन भएको छ । कपिलवस्तु समाजले कपिलवस्तु घर भई राष्ट्रको बिभिन्न विधाको विशिस्ट ओहदामा पुगेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको कपिलवस्तु समाजका उपाध्यक्ष आलोक कुमार तिवारीले बताए ।

सम्मानित हुनेहरुमा लोकसेवा आयोगका सदस्य ई. माधव बेलवासे, मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, शिवम सिमेन्टका अध्यक्ष डा. सुरेन्द्र गोयल तथा सशस्त्र प्रहरी उपरीक्षक निरंकारनाथ शुक्ल हुनुहुन्छ । उहाँहरुलाई खादा, माला तथा अबिरले कपिलवस्तु समाजका अध्यक्ष अनिरुद्धनाथ शुक्लले सम्मानित गर्नु भएको उपाध्यक्ष तिवारीले बताए ।

सो कार्यक्रममा समाजका संरक्षक कालिका दवाडी, दिनेश श्रेष्ठ , सल्लाहकार डा० यशोधाम त्रिपाठी, बिनिता शर्मा एवं पुर्व अध्यक्षहरु विजय उपाध्याय , दिग्बिजय मिश्र ,आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रममा बोल्दै लोकसेवा आयोगका सदस्य माधव बेलबासेले कपिलवस्तुमा जलश्रोतको प्रचुर सम्भावना रहेको जसले कपिलवस्तुको विकासलाई टेवा पुग्नुको साथ साथै यसको वैज्ञानिक व्यवस्थापन नितान्त आवश्यक रहेको बताउनु भयो।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सदका अनुसार कपिलवस्तु समाजले कपिलवस्तु तथा काठमाडौको सेतु हुनेगरी कार्य गर्नु पर्ने बताउनु भयो । शिवम सिमेन्टका अध्यक्ष डा सुरेन्द्र गोयलले उद्योगको विकास गरेर कपिलवस्तुको विकासलाई अगाडि बढाउन सकिन्छ भन्नू भयो साथै मेरो पुर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा काठमाडौमा रहेका युवा, विद्यार्थी, पेसाकर्मी, उद्योगी व्यवसायी लगायत अन्य पेशा व्यवसायमा संलग्न व्यक्तीहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा सम्मानित व्यक्तित्व निरंकारनाथ शुक्ल, कालिका दवाडीले मन्तव्य राख्नु भएको थियो । समाजका उपाध्यक्ष आलोक तिवारीको संचालनमा तथा अनिरुद्धनाथ शुक्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।साभार ई साझा न्यूज


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?