Logo

कारले ठक्कर दिँदा नेपालगन्जमा ३जना पैदलयात्रीको मृत्यु ।

Samachar Rekhanews २८ चैत्र २०७८, सोमबार १५:५६ मा प्रकाशित

साहिल शेष (ताहिर)
नेपालगन्ज – २८ चैत्र
कारले ठक्कर दिँदा नेपालगन्जमा गएराती तीन जना पैदल यात्रीको मृत्यु भएको छ । आइतबार राती करीब पौने १२ बजेतिर नेपालगञ्जको बिपी चोक र धम्बोझी चोकको बीचमा सडक किनारमा हिँडिरहेका पैदलयात्रीलाई कारले ठक्कर दिंदा तीनै जनाको मृत्यु भएको हो ।

कारकाँदोबाट गणेशमान चोकतर्फ गईरहेको प्रदेश ३ – ०१ – २३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका – ११ सुन्दरमण्डी निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गर्मी बढी भएपछि हवा खान निस्केका तीनै जनालाई सडकमा हिँडिरहेका बेला कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज नर्सिङ होम पुर्याएका थिए तर १५ मिनेटपछि नै अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय कार चालक इन्द्र बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यैपानोले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?