Logo

कृष्णनगरमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग

Samachar Rekhanews २ मंसिर २०७८, बिहीबार २३:०० मा प्रकाशित

कपिलबस्तु, कृष्णनगर, मंसिर २

कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध रैली सहित बिरोध प्रर्दशन गरेका छन।
जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ ।

छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।
जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध रैली निकालेका हुन् ।
रैलीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकारविरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा
गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए ।

विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्थाका धर्मराज विश्वकर्मा, हिन्दु युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?