Logo

केएफसी ग्रुपबाट ब्याग र शैक्षिक सामाग्री वितरण

Samachar Rekhanews ५ श्रावण २०७९, बिहीबार १७:४० मा प्रकाशित

५ श्रावण, नेपालगञ्ज । विश्वको नै चर्चित केएफसी ग्रुपले केही मदरसा र नीलसागर आश्रमलाई शैक्षिक सामाग्री, ब्याग र खाद्य सामाग्री वितरण गरेको छ ।
दारुल उलूम मदरसा बरकातियामा केएफसी ग्रुपले बिहीवार एक कार्यक्रमबीच ३ सय १६ वटा ब्यागमा शैक्षिक सामाग्री मदरसामा अध्ययनरत बालबालिकालाई वितरण गरेको हो ।
२०० वटा ब्याग र शैक्षिक सामाग्री दारुल उलूम मदरसा बरकातियालाई र ३६ वटा ब्याग र एक छाक खाना नीलसागर आश्रमलाई र अन्य बाँकी रहेको ब्याग र शैक्षिक सामाग्री मदरसा मसउदियालाई वितरण गरिएको छ ।
केएफसी ग्रुपसँग आबद्ध पदाधिकारीहरु जसमा ऋतुराज शाह (फाइनान्सर) तथा सिएफओ रहेका छन् । त्यस्तै कन्ट्री हेड संजय शर्मा, ह्युमन रिसोर्स दिपेश वत्स, अपरेशन हेड अरिन्दम घतक, आईटी प्रमुख हमिदुर रहमान र सञ्जीव श्रेष्ठ लगायत रहेका छन् ।
देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. (केएफसी)को नेपालमा १३ वटा शाखा सञ्चालन रहेको छ । जसमा ८ वटा राजधानीमा त्यस्तै नेपालगञ्ज, इटहरी, हेटौडा, भरतपुर चितवन र पोखरामा यसको शाखा रहेको छ ।
दारुल उलूम मदरसा बरकातियामा बिहीवार आयोजित भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै केएफसी ग्रुपका ह्युमन रिसोर्सले भने, ‘विद्यार्थीका लागि शिक्षा ग्रहण गर्न सजिलो होस् यसका लागि हामीले यो शैक्षिक सामाग्री वितरण गरेका छौं । देशमा विपदको अवस्था सिर्जित हुँदा यस्तै प्रकारको सामाजिक सेवा कार्य हामी गर्दै आएका छौं । आगामी समय पनि यस्तै प्रकारको सामाजिक सेवाको कार्य गर्दै जाने हामीले जमर्काे लिएका छौं । अहिले वितरण गरिएको शैक्षिक सामाग्री हामी कसैको सहयोगमा होइन बरु नाफाबाट वितरण गरेका छौं ।’
त्यस्तै नेपालगञ्ज उमनपा वडा नं. ११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले हाम्रो वडामा यस मदरसाले उल्लेखनीय कार्य गरी डाक्टर, इन्जिनियर लगायत उत्पादन गरेको छ यस्तो मदरसा (स्कूल) हाम्रो वडामा हुनु गर्वको कुरा हो भने ।
कार्यक्रममा मदरसाका संस्थापक मौलाना अब्दुल जब्बार मन्जरी, प्रअ जियाउल मुस्तफा नूरानी लगायतको सहभागिता रहेको थियो ।
२०२१ को अक्टुबर १ तारेखदेखि नेपालगञ्जको कारकाँदोस्थित भाटभटेनी शपि· मलमा केएफसीले यहाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । त्यहाँ हलाल चिकेन, बर्गर र अन्य फास्टफूड उपलब्ध रहेको छ ।
,,,,


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?