Logo

कोरोनाको तेस्रो लहर रोक्न बाँकेमा १४ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

Samachar Rekhanews १७ भाद्र २०७८, बिहीबार २०:५५ मा प्रकाशित

नेपालगञ्ज, भदौ १७
कोरोना महामारीको तेस्रो लहरको संभावनालाई ध्यानमा राखेर विभिन्न तयारीमा जुटेका बाँकेका स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

प्लान इन्टरनेसनल नेपालले बाँके युनेस्को क्लबमार्फत भेरी अस्पताल, नेपालगञ्ज उपमहानगर, खजुरा गाउँपालिका र कोहलपुर र बैजनाथमा समेत गरेर करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री विहिबार हस्तान्तरण गरेको छ ।

प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुली, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगञ्ज उपमहानगरका कार्यवाहक मेयर उमाथापा मगर र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति तथा उपाध्यक्ष एकमाया विकलाई सो सामाग्री हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमहरु खजुरा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आयोजना गरिएको थियो ।

जिल्ला प्रशासनको कार्यक्रममा बोल्दै प्रजिअ गेलालले तेस्रो लहरको नियन्त्रणको लागि तयारीमा जुटेको बेला प्राप्त भएको यो सहयोगले अझ तयारीलाई बलियो बनाउने जनाउँदै तयारी तिव्र पारिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गेलालले सो स्वास्थ्य सामाग्रीलाई भेरी अस्पताल विकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ र धनिराम ओलीलाई आफुले पाउने वित्तिकै हस्तान्तरण गर्नु भएको थियो ।
अन्य कार्यक्रममा नेपालगञ्ज उपमहानगरका कार्यवाहक मेयर उमाथापा मगर र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति तथा उपाध्यक्ष एकमाया विकले पनि यो सहयोगले आफुहरुलाई थप उत्साहित बनाएको जनाउँदै यसले नियन्त्रणमा ठुलो मद्दत गर्ने बताउनुभयो ।

उहाँले यस पटक आफुहरु एकदमै सचेत भएर पुर्व तयारीमा लागेकोले विगत जस्तो क्षति नहुने विश्वास व्यक्त गर्नुभयो ।
प्लान नेपालका क्षेत्रीय प्रमुख मिना पराजुलीले स्थानीय तहको तयारीलाई थप सहयोग गर्ने उदेश्यले यो सहयोग गरिएको जनाउँदै कोभिड १९ विरुद्धको संघर्षमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यी र यस्तै अन्य सबै सामाग्रीको सदुपयोगमा विशेष ध्यान दिन सम्बन्धितहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा प्लान नेपालका कार्यक्रम विशेषज्ञ विनय ज्ञवाली, बाँके युनेस्को क्लबका महासचिव मिना तुलाधर, कार्य समिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर, वित्त प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?