Logo

कोरोना संक्रमितलाई लक्षित गरि अनलाइन पत्रकार संघको साता ब्यापी रक्तदान सुरु

Samachar Rekhanews ५ जेष्ठ २०७८, बुधबार १५:४३ मा प्रकाशित

बाँके जेठ ५ गते ।
कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान कार्यक्रम बुधवारबाट सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी दिए ।

उनले संकलित रगत कोरोना संक्रमित विरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य विरामीलाई समेत दिन सकिने बताए । रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले रक्तदान जस्तो जस्तो पुन्य कार्यमा सहभागी हुन अपिल समेत गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?