
जेष्ठ २ / कोहलपुर
बाँकेको कोहलपुर स्थित अनमोल होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुर अनुसार अनमोल होटलको कोठा नम्बर २०१ मा एक युवक मृत अवस्थामा फेला परेको जनाएको छ।
गत वैशाख ३१ गते साँझ होटलमा कोठा लिएर मृतक युवक बसेको थिए भने आज मंगलबार जेठ २ ग
ते दिउँसोसम्म पनि कोठा नखोलेपछि होटल संचालक प्रहरीलाई खबर गरेका थिए ।
उक्त जानकारी गए पश्चात् प्रहरी आएर ढोका फोडेर हेर्दा युवक मृत अवस्थामा फेला परेका हुन् । उनको परिचय भने खुल्न नसकेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोकप्रिय समाचार