Logo

कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जना प्रहरीको फन्दामा ।

Samachar Rekhanews १३ कार्तिक २०७८, शनिबार १२:२० मा प्रकाशित

( निरुपमा )
बाँके कार्तिक १३ गते ।
कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसबाट चितुवाको छाला १ थान र १ किलो ४ सय ग्राम हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिकाका-७ का २४ वर्षिय रमेश बयक, २८ वर्षीय वसन्त बि.सि र जिल्ला बाँके राप्तीसोनारी गाउँपालिका -९ का ३५ वर्षीय हिरासिंह बिक रहेको डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

पक्राउ गरेको मनिसलाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?