Logo

कोहलपुर नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक

Samachar Rekhanews ३१ बैशाख २०७९, शनिबार १८:५२ मा प्रकाशित

कोहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाे छ।

निर्वाचन अधिकृत तिर्थराज भटटका अनुसार पहिलाे २०० मतकाे मतपरिणाम सार्वजनिक गरिएकाे हाे। मतपरिणाम अनुसार नगरप्रमुखमा गठबन्धन सहीतको माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपाने अगाडि देखिएका छन्।

काेहलपुर नगरपालिका वडा नं. १ काे २०० मतगणना गर्दा नगरप्रमुखमा न्याैपानेकाे १४०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालकाे ३०, नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यकाे १७, जनमाेर्चाका उम्मेद्वारकाे २ र राप्रपाका उम्मेद्वार प्रदिप शाह तथा स्वतन्त्र उम्मेद्वार देवानन्द अर्यालकाे समान १/१ मत आएकाे छ।
त्यस्तै नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीका उम्मेद्वार नारायणी वलीको ७१, नेकपा एमालेका अस्मिता चौधरीको ४५, नेपाली काँग्रेसका सङ्गिता सुवेदीको ३५, राप्रपाका उम्मेद्वारको ३ र जनमोर्चाका उम्मेद्वारको २ मत प्राप्त भएको छ।

स्थानिय तह निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे परिणामका लागि शनिबार बिहान ११:३० बजेबाट काेहलपुर नगरपालिकाकाे सभा हलमा मतगणना भइरहेकाे छ


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?