Logo

कोहलपुर नगरपालिकाले गर्यो नीति तथा कार्यक्रमका लागि सुझाव संकलन ।

Samachar Rekhanews २९ जेष्ठ २०८०, सोमबार १४:५४ मा प्रकाशित

सरला सुबेदी बाँके । कोहलपुर नगरपालिकाले स्थानीय सरोकारवालाहरु सङ्ग नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव संकलन गरेको छ । आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव संकलन गरेको हो। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमतर्जुमा पूर्व राय / सुझाव संकलनका लागि आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा सरोकारवालाले कोहलपुर नगरपालिकालाई विकसित, समृद्ध, आत्मनिर्भर र हरियाली नगरपालिकाका लागि नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । उक्त सुझाव संकलनका क्रममा सबैभन्दा धेरे कृषि क्षेत्रको विकासमा नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने माग उठेको छ। छलफलमा सहभागीमध्ये अधिकांशले कृषि क्षेत्रको विकासका लागि नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए। कृषक सहभागीको माग कोहलपुरलाई कृषकमैत्री नीति तर्जुमा गर्नुपर्ने कोहलपुर कृषिका लागि सम्भावना भएको क्षेत्र हुदा कृषिबाट हामीले धेरे लाभ लिन सक्छौं त्यसैले कृषि क्षेत्र प्राथमिकतामा हुनुपर्छ भन्ने माग रहेको थियो। यस्तै व्यापारीको सुझाव व्यवसाय धराप मा परेको हुदा कोहलपुरको व्यवसायलाई स्थापित गराउन सिमानाकामा कडाइ गर्न लगाउनु पर्ने उताबाट आउने प्रत्यक बस्तुमा कर उठाइनु पर्ने र विद्यमान समस्याका रूपमा रहेको खुला व्यवसाय निरुत्साहित गर्ने नीति लिनुपर्ने बताए ।
यस्तै सरोकारवालाहरुले कृषिसहित शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई प्राथमिकतामा दिनुपर्ने बताए । यस्तै सहभागी युवाहरुले युवा स्वरोजगार कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्नु पर्ने र नगरपालिकाले दिने गरेका विभिन्न सिपमुलक तालिम पछि उनिहरुले सीप अङ्गाल्दै छ्न या छैनन भनी निगरानी राख्ने र उनिहरुको सिपलाई स्थापित बनाउन पालिकाले आर्थिक सहयोग गर्ने नीति बनाउन आवश्यक रहेको बताए।
यस्तै उद्यमि चण्डी प्रसाद गैरेले कोहलपुर नगरपालिकाले उद्योग अनि उद्यमिलाई समेटेर लैजानु पर्ने विद्यमान आर्थिक मन्दीका कारण व्यवसायी पलायनको चरणमा रहेको भन्दै स्थानीय सरकारले व्यवसायमैत्री नीति लिनुपर्नेमा उनले माग गरे । यस्तै शिक्षाप्रेमी शिव डाँगीले बागेश्वरी बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्न आवश्यक रहेको बताए। बागेश्वरीमा विएस्सी अध्ययन सुरु गर्न उनले माग गरेका छन् । यस्तै उनले नीति तथा कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सेवा स्तरीकरणका लागि नीति तथा कार्यक्रममा समेट् नुपर्ने बताए ।
यस्तै कोहलपुर वडा नम्बर १३ का पूर्व वडाध्यक्ष ओमप्रकाश ओलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व रोक्ने विषय नीति तथा कार्यक्रममा गम्भीरताका साथ समेट्न आग्रह गरे। उक्त क्षेत्रमा जनता पीडित रहेकाले मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि ध्यान दिन आग्रह गरे ।
यस्तै सन्चारकर्मिहरुले अब बन्ने नीति तथा कार्यक्रममा पत्रकारहरुका लागि कोहलपुर नगरपालिकाले दिने स्थानिय लोक कल्याणकारी बिज्ञापन स्थानीय मिडियालाई एकैनाशले दिनुपर्ने , पत्रकारलाई क्रियाशिल बनाउन बेला बेला फेलोसिपको व्यवस्था गरिनुपर्ने , कोहलपुर क्षेत्रका पत्रकारलाई क्षमता अभिबृद्दी र नेतृत्व बिकासका लागि एडभान्स तालिम सन्चालनको लागि बजेट छुट्याउनु पर्ने आफुहरुको माग रहेको बताए।

यस्तै सरोकारवालाहरुको सुझाव संकलन पछि बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय सरोकारवालाहरु बाट प्राप्त सुझावलाई मार्ग निर्देशन बनाएर नीति तथा कार्यक्रम तर्जुमा गरिने बताए । उनले यो भन्दा पहिले पनि यसरी भेला मार्फत सुझाव नलिए पनि सामाजिक सन्जालमार्फत पनि बेलाबेला सुझाव लिने गरेको र सरोकारबालाहरुले दिने गरेका सकारात्मक नकारात्मक दुबै सुझाब अनि टिकाटिप्पणीले आफुहरुमा थप उर्जा थपिएको बताए। यस्तै कार्यक्रमको समापन गर्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले सुझावका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने र दलित महिला र पिछडिएका समुदायलाई बिशेष प्राथमिकतामा राखी नीति बनाउन आफ्नो जोड रहने बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?