Logo

कोहलपुर प्रहरीको हिरासतमा एक जना थुनुवा मृत फेला

Samachar Rekhanews ११ जेष्ठ २०७९, बुधबार १४:५६ मा प्रकाशित

बाँके जेठ ११ गते ।
बाँकेको कोहलपुर प्रहरीको हिरासतमा एक जना थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका थुनुवा मृत फेला परेको कोहलपुर प्रहरीले जनाएको छ । मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५/५६ वर्षीय पुरुष रहेका छन् ।

उनीलाई स्थानीय चुनावअघि एक नाबालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै कोहलपुर प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।

बुधबार बिहान ती पुरुष हिरासत कक्षमा मृत भेटिएको कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीले हिरासत कक्षमै झुण्डिएको अवस्थामा पुरुषलाई फेला पारेको बताएको छ ।

अहिले कोहलपुर प्रहरीमा मृतकका आफन्त, जनप्रतिनिधि र प्रहरीबीच छलफल भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?