Logo

खजुराको रनियापुरमा लक्षित बर्गका११ जना बालिकालाई साईकल बितरण ।

Samachar Rekhanews १९ असार २०८०, मंगलवार २२:४८ मा प्रकाशित

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर -८ को आर्थिक सहयोग तथा मानबअधिकार तथा बालविकास मंच (मास) बाँके को आयोजनामा वडा नम्बर -८ को वडा कार्यलय मा आईतवार आयोजित एक कार्यक्रम बीच वडा भित्र बसोबास गर्ने थारु ,मधेसि तथा मुस्लिम समुदायका ११ जना बालिकाहरु लाई साईकल बितरण गरिएको छ |
वडा अध्यक्ष फिरोज खाँ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिक कार्यपालिका सदस्यहरु खल्मुल्निसा साई, सुब्बन धोबि चमार ,वडा सदस्य हनिफ खाँ निबर्तमान वडा सदस्य मुडवा साई वडा सचिब गिरिधारि पौडेल लगायत को उपस्थिति रहेको कार्यक्रममा बालिकाहरु लाई साईकल बितरण गर्दै वडा अध्यक्ष एवम् कार्यक्रम का प्रमुख अतिथि फिरोज खाँ ले वडा ले बिगत बर्षहरु झै निरन्तर रूपमा वडा कार्यलय ले बालिकाहरु लाई शिक्षा मा उत्प्रेरित गर्ने साईकल बितरण कार्यक्रम लाई निरन्तर रूपमा अगाडी बढाएको र आगामी बर्ष हरुमा पनि कार्यक्रम लाई निरन्तरता दिने बताउनु भयो|
आयोजक सस्था मानवअधिकार तथा बालविकास मंच (मास) बाँकेका अध्यक्ष भुपेन्द्र बस्नेतले मधेसी र मुस्लिम समुदायका छोरिहरुलाई टाढाको बिधालयमा पढ्न पठाउन अभिभावकहरुले नमान्ने यदि कसैले मानिहाले पनी आउजाउमा कठिनाई हुने हुने स्कुल पढ्न नपाठाउने लाई उत्प्रेरित गर्न र पढ्न जाने बालिकालाई सहज होस भनी साइकल वितरण गरिएको बताउनु भयो।

खजुराको रनियापुरमा लक्षित बर्गका११ जना बालिकालाई साईकल बितरण ।

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?