
बाँके । खानेपानी मन्त्री अब्दुल खानले डुडुवा गाउँपालिकामा निर्माण हुँदै गरेको बाँकेवासीको भविस्यसंग जोडिएको राप्ती खानेपानी फिल्टर स्टेशनको आइतबार निरिक्षण गरि २० दिन भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
आयोजनाको कार्य कुन स्तरमा अगाडि बढेको छ भनी अनुगमनको लागि खानेपानी मन्त्री खानले अबको २० दिन भित्रै कार्य सम्पन्न गरि उपभोक्ताको घरघरमा पानी खस्नुपर्ने निर्देशन दिनु भएको छ
सो समयमा कार्य सम्पन्न गर्नको लागि खानेपानी मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो । सम्झौता अनुसारको गुणस्तर हुनुपर्ने बताउनु भयो । औचित्य पुष्टि हुने ढङ्गको काम गर्नु होस् त्यस्तो कामलाई खेर जान नदिने ठोकुवा गर्नुभयो । यो योजना हाल सम्मकै ठुलो आयोजना भएकोले नमुना ढंगबाट सम्पन्न गराउनु पर्नेमा मन्त्री खानले जोड दिनुभयो
अनुगमनको क्रममा मन्त्री खान संगै मन्त्रालय अन्तर्गतका नेपालगञ्जमा रहेको कार्यालय प्रमुखहरु जनमत पार्टीका बाँकेका अध्यक्ष हरपाल सिंह, महिला नेतृ रेखा झा लगायतको सहभागिता रहेको थियो ।