Logo

खानेपानी मन्त्री खान र नरैनापुर गाउँपालिकाका शाह बिच भेटवार्ता

Samachar Rekhanews १६ माघ २०७९, सोमबार १७:३५ मा प्रकाशित

बाँके । खानेपानी मन्त्री अब्दुल खान र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बीच भेटवार्ता भएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खान काठमाडौं फर्किने क्रममा सोमबार गाउँपालिका अध्यक्ष शाह संग भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटमा नरैनापुर गाउँपालिका भित्रको खानेपानी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा मन्त्री खान र अध्यक्ष शाह बिच कुरा भएको थियो ।

नरैनापुरको खानेपानी समस्या समाधानका लागि बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खानले पालिका स्तरीय फोहर व्यवस्थापन केन्द्र, ढल निकासका लागि आवश्यक बजेटको ब्यवस्था गर्ने अश्वासन दिनु भएको थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले मन्त्री खानलाई जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत सहित नरैनापुर आउन निम्तो गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?