Logo

खेलकुद मन्त्रीलाई पराजित गरि बाँके क्षेत्र नम्बर १ मा एमालेका सूर्य ढकाल विजयी।

Samachar Rekhanews ८ मंसिर २०७९, बिहीबार २२:३१ मा प्रकाशित

प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल पाँच हजार ३९४ मत अन्तरका साथ विजयी भएका छन् । उनले यूवा तथा खेलकुद मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।
ढकालले २५ हजार २६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गहतराजले १९ हजार ६३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएका छन् ।

मतगणना स्थलबाट निर्वाचित उम्मेदवार घोषणा गरिसकेपछी मतदाताहरु खुसी भएर नारा जुलुस गर्दै बधाई दिएका थिए भने नरैनापुरका स्थानीय मतदाता र कार्यकर्ता उत्साहित हुँदै उम्मेदवार ढकाललाई ५१ केजिको फुलको मालाले बधाई तथा शुभकामना दिदै यस क्षेत्रको बिकासमा सधै इमानदार भएर आफ्नो कर्तव्य पूरा गर्नु भन्दै जिम्मेवारीको भारी सहित ५१ किलोको माला लगाइदिएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?