Logo

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत प्राधिकरण को नाटक शुरु ।

Samachar Rekhanews २९ चैत्र २०७८, मंगलवार १२:५९ मा प्रकाशित

बाँके चैत २९ गते ।
प्राविधिक कारण बाहेक लोडसेडिङ गर्न नपाउने गरि तीन वर्ष अघि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दिनहुँ लत्याउँदै आएको छ ।

एक घण्टामा १० पटकसम्म विद्युत कटौती हुन थालेपछि पछिल्लो नेपालगन्जका स्थानीय बासिन्दा विद्युत विरुद्ध अक्रामक हुँदै गएका छन् ।

उद्योग, ब्यवसाय र विद्युतबाट हुने कारोबारहरु धराशयी अवस्थामा छन् । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्ज सहित बाँकेमा विद्युतको समस्याबाट आमनागरिक सास्ती खेप्दै आएका छन् ।

केही दिन यता बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन अक्रोशमा छन् । उनीहरुले सामाजिक संजालमार्फत विद्युत प्राधिकरणप्रति खनिएका छन् । खोज खबर


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?