Logo

गुलरियालाई देशकै नमूना नगरपालिका बनाउने छुः मेयर पदका स्वतन्त्र उम्मेदवार बिसी।

Samachar Rekhanews १७ बैशाख २०७९, शनिबार १५:०९ मा प्रकाशित

जाबेद गद्दी
वैशाख १७ गते
गुलरिया नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार दिपक बहादुर बिसीले गुलरिया नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने बताएका छन् ।

समाचार रेखा राष्ट्रिय दैनिकका बर्दिया प्रतिनिधि जावेद गद्दीसँग गरेको कुराकानीको दौरान उनले यस्तो कुरा बताएका हुन् ।

विभिन्न ठूल्ठूला दलका बीचमा तपाइलाई जनताले किन विजयी गराउने भन्ने प्रश्नको जवाफमा उनले भने, ठूल्ठूला दलका उम्मेदवारहरुले निर्वाचन जितिसकेपछि जनतासँग गरेको वाचा बिर्सने गरेका छन् ।

निर्वाचन जितिसकेपछि उनीहरुले मात्र आफ्नो भलो गर्ने गरेका छन् तर मैले त्यस्तो गर्ने छैन । मैले गुलरिया नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने योजना बनाएको छु ।

सानो उमेरदेखि नै मैले कम्युनिष्ट पार्टीसँग आबद्ध भएर काम गरेपनि दलबाट गुलरिया नगरपालिकाको विकास हुन नसकेको अवस्थामा स्वतन्त्र युवाहरु मिलेर गुलरिया नगरपालिकालाई विकासको पथमा लैजाने उनले बताए ।

वाचा मात्र गर्ने नभएर म काम गर्ने व्यक्ति भएको हुनाले मसँग विकासका विभिन्न योजनाहरु छन् । मैले आफ्नो एजेण्डाहरु गोप्य राखेको छु । जनताले मलाई मेयर पदमा विजयी गराए ती एजेण्डा अनुसार काम गरि गुलरिया नगरपालिकाको चौतर्फी रुपमा विकास गर्ने उनले बताए ।

गुलरिया नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, विद्युत, खानेपानी, बाटोघाटो, भौतिक पूर्वाधार लगायत विभिन्न विषयमा रहेका कमि कमजोरीहरुलाई व्यवस्थित गरि गुलरिया नगरपालिकाको गौरव देशमै बढाउने उनले बताए ।

अवसर नपाएर गुलरिया नगरपालिका छाडेर अन्यत्र गएका स्थानीयवासीहरुलाई आफ्नै गाउँठाउँमा फिर्ता ल्याइ उनीहरुलाई पुनस्र्थापित गर्ने उनले बताए । गुलरिया नगरपालिकालाई मैले राम्रोसँग अध्ययन गरेका कारण म मेयर पदमा विजयी भएको खण्डमा गुलरिया नगरपालिका र सम्पूर्ण जनताको विकास गर्ने उनले बताए ।

जनताले मलाई विजयी गराए मैले गरेको वाचा पूरा गर्नेछु ।
मलाई सत्ताको सुख भोग्ने चाहना छैन मसँग आफ्नै भौतिक स्रोत साधन रहेकाले मैले गुलरिया नगरपालिकाको स्वच्छ मनले विकास गर्ने बताउँदै उनले पेशाले म एउटा स्वास्थ्यकर्मी भएको हुनाले यस नगरपालिकामा आइरहने दैवी प्रकोप, बाढीको समयमा जनताको उचित सेवा स्वयं आफै खटेर गर्ने बताए ।

गुलरिया नगरपालिकाका जनताले प्रत्येक वर्ष बाढीको मार खेप्नु परिरहेकाले बाढी आउनु पूर्व बाढीको जोखिममा रहेका जनतालाई उचित स्थानमा व्यवस्थापन गरि बाढीबाट हुने क्षतिबाट जनतालाई जोगाउने उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?