Logo

गुलरिया नगरपालिका मेयर पदको स्वतन्त्र उम्मेदवार दिपिका शर्माद्वारा घोषणापत्र सार्वजनिक।

Samachar Rekhanews १६ बैशाख २०७९, शुक्रबार १६:५१ मा प्रकाशित

गुलरिया नगरपालिका मेयर पदको स्वतन्त्र उम्मेदवार दिपिका शर्माले घोषणापत्र सार्वजनिक गरेकी छिन् ।
स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गैरदलीय सरकार बन्नुपर्छ ।
पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएको छ त्यसैले स्वतन्त्र युवा महिला उम्मेदवार दिपिका शर्मालाई मतदान गरेर पार्टीको संरक्षणमा हुने भ्रष्टाचारलाई निरुत्साहित गरौं । नेपाली समाज पार्टी पार्टीमा विभाजित छ । समाजलाई जोड्ने कुनै सन्यत्र छैन । स्थानीय सरकार गैरदलीय हुँदा विभाजित समाजलाई समन्वय गर्न त्यसैले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ ।
मैले गुलरिया नगर– पालिकाको विकास र नगरवासीहरुको हितका लागी गर्ने कार्यहरूः–
(१) अन्य नगर पालिकाहरुको तुलनामा गुलरिया नगरपालिकाको विकास पछाडि किन छ कारणहरु के के छ पत्ता लगाई गुलरिया नगरपालिकाको विकास गर्ने छु ।
(२) गुलरिया नगरपालिकाको विकासका लागि समिति र संयन्त्रहरुमा म स्वयं आफै बसी गुलरिया नगरपालिकाको विकास गर्ने छु । मबाट गुलरिया नगरपालिकाको विकासका लागि फलानो फलानो व्यक्ति÷अध्यक्ष÷ सदस्यको जिम्मामा कुनै पनि समिति र संयन्त्रहरु खडा हुँदैन केही बुद्धिजीवी युवा, प्रौढ, वृद्ध, असहाय र बुद्धिजीवी वर्ग सबैको सल्लाह र सुझाव लिएर मैले आफ्नो बुद्धि र विवेक अनुसार गुलरिया नगरपालिकाको विकास गर्ने छु ।
(३) बर्दिया र गुलरिया नगरपालिकाको विकासको लागि नाकाको अत्यन्त आवश्यक छ म मेयर भएको भोलिपल्टबाट नै जिल्ला प्रमुख अधिकारी संग सर सल्लाह गरि गुलरियामा नाका आजसम्म के कतिपय कारणले खुल्न सकेन । नाकाको विषयमा नाकाको काम कुन मन्त्रालयमा गएर रोकिएको छ । जिल्ला प्रमुख अधिकारीसंग सहकार्य गरि नाका खुलाउन तर्फ लाग्ने छु । भारतका मिहिंपुरवा, बहराइच र लखनऊका जिल्ला अधिकारी, उत्तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसंग नाकाको विषयमा छलफल अगाडि बढाउने छु । प्राथमिकतामा पहिलो नम्बरमा मेरो काम नै नाका खुलाउने हुनेछ ।
(४) नगरवासीहरुको हितमा कार्य गर्ने छु । नगरवासीहरुको गाँस, बास र कपासमा ध्यान दिने छु । गुलरिया नगरपालिकामा बर्खामा मात्र नभएर अन्य बेला पनि बाढीको समस्या र नदी कटान समस्या गम्भीर रूपमा रहेको छ । जिल्ला प्रमुख अधिकारीसंग सहकार्य गरि बाढी र नदी कटानको समस्या पनि हल गर्ने छु र गुलरिया नगरपालिकाको साधन, स्रोत र बजेट अनुसार गुलरियाका बेरोजगार नगरवासीहरुको लागी रोजगारीको विकल्पमा कृषिमा निर्भर, कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन र फ्याक्ट्री (उधोग) संचालन तर्फ ध्यान दिनेछु । समयमा किसानहरूले मल (खाद्य ) र बीउबिजन नपाई दुःख र कष्ट झेल्नुपर्ने अवस्था छ । सहज रूपमा उपलब्ध गराउने छु ।
(५) गुलरिया नगरवासीहरुले अस्पताल र स्वास्थ्य चौकीहरु बाट सहजै समयमा गुणस्तरीय सेवा सुविधाहरु र उपचार दिलाउने छु ।
(६) गुलरिया नगरवासीहरुको हरेक गरिब र असहाय युवा वर्गहरुको गुणस्तरीय शिक्षामा पहुँचको साथसाथै निःशुल्क शिक्षा दिलाउने छु । विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क अध्ययन गराउन छात्रवृत्तिको व्यवस्था गराइनेछ ।
(७) पालिका भित्र एक वाचनालय र पुस्तकालयको निर्माण गरिनेछ ।
(८) खेलकुदको विकासका निम्ति कभर्डहल तथा खेलकुद मैदानको विकास गरिनेछ ।
(९) उपयुक्त स्थानमा पार्क तथा चिल्ड्रेनपार्कको निर्माण गरिने
छ ।
(१०) औद्योगिक क्षेत्रको विकास गर्दा स्थानीय बासिन्दाको स्वास्थ्य, वायु र जलको स्वच्छतालाई ध्यान दिइनेछ ।
(११) अशक्त, टुहुरा बालबालिका र वृद्धवृद्धाहरूको बासस्थानको विशेष व्यवस्था गरिनेछ ।
(१२) युवाहरू भविष्यका कर्णधार हुन र मुलुकको जग र मुलुकको भविष्य पनि युवाहरु नै हुन । युवाहरू रोजगार लक्षित कार्यक्रमहरु बनाउन तर्फ ध्यान दिने छु । युवा वर्गहरुलाई प्राथमिकता दिई हरेक कार्यहरूमा युवा वर्गहरुलाई अघि बढाउने छु ।
(१३) आय आर्जन र रोजगारीको लागि मेरो कार्यकाल भरी सीपमूलक तालिम जस्तै कम्प्युटर, आई टी सेक्टर, बैंक सम्बन्धि, फाइनान्स, कुक, होटेल म्यानेजमेन्ट, विधुत वायरिङ, खानेपानी वायरिङ, फर्निचर, ब्युटी पार्लर, सिलाई कटाई र कृषि क्षेत्र लगायतका तालीमहरु संचालन गराउने छु ।
(१४) गुलरिया नगरपालिकाका नगरवासीहरुलाई कुनै काममा बाधा, अवरोध, झन्झट, दुःख, कष्ट र पिडा झेल्नु नपरोस नै मेरो प्रमुख उद्देश्य हो ।
मानिसको समग्र खुशी नै विकास हो भन्ने अवधारणाका साथ विकास कार्य अघि बढाइनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?