Logo

गुल्मेली समाजको क्यालेण्डर विमोचन

Samachar Rekhanews ६ बैशाख २०८०, बुधबार २१:४७ मा प्रकाशित

६ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा गुल्मेली समाज सेवा समितिले शुभकामना आदान प्रदान तथा आफ्नो समितिको भित्ते पात्रो नयाँ वर्ष २०८० को क्यालेण्डर बुधवार विमोचन गरेको छ ।
समाजका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षता र समाजका संस्थापक संयोजक पूर्णलाल चुकेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिश कुमार आचार्य, निवर्तमान अध्यक्ष भाष्कर काफ्ले अध्यक्ष हरिलाल न्यौपानेले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गरेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि संस्थापक संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले क्यालेण्डर विमोचन गर्दै क्यालेण्डरमा विक्रम सम्वत् २०८० सालको तिथि मितिको लागि मात्र होइन गुल्मी जिल्लाको पहिचान गराउने जानकारीमूलक सन्देश प्रवाह गर्ने खालको पनि भएको बताए । प्रमुख अतिथि चुकेले क्यालेण्डरमा कानूनले निषेध गरेको मदिराजन्य उत्पादनको विज्ञापन नछाप्न सुझाव दिए ।
विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिश कुमार आचार्य, निवर्तमान अध्यक्ष भाष्कर काफ्ले, रुपन ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष भिमलाल कँडेलले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा समाजका कोषाध्यक्ष प्रदिप कुमार सापकोटा, सल्लाहकार गोबिन्द प्रसाद घिमिरे, नारायण ज्ञवाली, पिताम्बर मरासेनी, सदस्य कुन्जर मणि पोख्रेल, महेश ज्ञवाली, दुर्गा प्रसाद काफ्ले, झवीलाल शर्मा, आरती भण्डारी, निलम ज्ञवाली, बल बहादुर कमला गौतम, मीना ज्ञवाली, हुम बहादुर बस्नेत, विष्णु प्रसाद गौतम लगायत आजीवन सदस्य तथा कार्यसमितिका पदाधिकारी समेत तीन दर्जन बढीको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?