Logo

गेरुवाको लैससास परीक्षण सम्पन्न

Samachar Rekhanews १५ चैत्र २०७९, बुधबार २०:३६ मा प्रकाशित

१५ चैत, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाका लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मंगलबार सम्पन्न भएको छ ।
प्रदेश सुशासन केन्द्र, लुम्बिनी प्रदेश नेपालगन्जको आर्थिक तथा प्राविधिक सहयोग, गेरुवा गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा उक्त लैससास परिक्षण सम्पन्न भएको हो । लैससास परीक्षणमा पालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा लैँगिक समानता तथा सामाजिक समावेशिकरणको क्षेत्रमा गरेका सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा गरेका कार्यक्रमको परीक्षण गरिएको हो । स्थानीय तहहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था कस्तो छ, सुधार गर्न पर्ने पक्षहरु के के रहेका छन् र त्यसका लागि के के गर्न अवश्यक छ भनेर विधिवत रुपमा लेखाजोखा गर्न वार्षिकरुपमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण गर्न पर्ने व्यवस्था रहेको छ ।
चार दिन सम्म गरिएको लैससास परीक्षणमा गेरुवा गाउँपालिकाले तर्जुमा गर्ने नीति, कार्यक्रम तथा बजेट, बार्षिक योजना तर्जुमा प्रकृया, आयोजना व्यबस्थापन तथा कार्यान्वयन, र अनुगमन तथा मुल्याङ्कन गर्ने क्रममा संघीय, प्रदेश तथा स्थानीय सरकारले अवलम्वन गरेको राष्ट्रिय तथा प्रादेशिक नीति बमोजिम तय भएका लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण सम्बन्धि कार्यक्रमहरुको कार्यावन्यनको अवस्थाको समिक्षा गरिएको थियो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण परीक्षण दिग्दर्शन, २०७८ ले तोकेका ५ क्षेत्रहरु (मुख्य सूचकहरु) नीति, कानुन, योजना, संस्थागत व्यवस्थापन, मानव संसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व मूल विषय क्षेत्रहरु र यी क्षेत्र भित्र पर्ने २२ वटा उपक्षेत्रहरु नीति र कानूनमा समावेशिता र सहभागिता, योजना तर्जुृमा तथा कार्यन्वयन, बजेट तर्जुमा तथा कार्यान्वयन, कर्मचारी तथा पदाधिकारीको प्रतिनिधित्व, कार्यप्रणाली समावेशिता, समिति उपसमिति र कार्यदलमा प्रतिनिधित्व, वित्त ब्यवस्थापन प्रणालिमा समावेशि, तथ्यांक संकलन तथा ब्यवस्थापन, मानव संसाधन तथा क्षमता विकास, अनौपचारीक मूल्य मान्यता र कुसंस्कार बिरुद्ध जनचेतना, कानूनी साक्षरता, विपत ब्यवस्थापनामा समावेशिता, पूर्वाधार विकास, प्रजनन स्वास्थ्य, शिक्षा कार्यक्रम, खानेपानि तथा सरसफाई, स्वरोजगार तथा आयआर्जन र वजार ब्यवस्थापन, सुशासन, उत्तरदायित्व र जवाफदेहिता, सूचना तथा संचार, अनुुगमन तथा मूल्याङ्कन, समन्वय र सम्बन्ध विस्तार लाइ लैससास परीक्षणको क्षेत्र बनाइएको थियो ।
परिक्षण कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष, जमान सिंह के.सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, विषयगत शाखाका प्रमुख, बिभिन्न संघसंस्था तथा सञ्जालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । परीक्षणको सहजिकरण बासका कार्यक्रम प्रवन्धक तथा लैससास परीक्षक मन भण्डारीले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?